बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रसुवा बाढीका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी

रसुवा बाढीका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी

मेगा खबर संवाददाता

११, भाद्र २०८३
  • 538
    SHARES

  • रसुवा बाढीका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी

    काठमाडौं, रसुवा बाढीमा परेर घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    नेपाल प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा ल्याइएका २३ जनामध्ये ४ जना डिस्चार्ज भएका छन् भने १९ जनाको उपचार भइरहेको छ ।

    यस्तै, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना र छाउनी अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     
     

    बिहिवार, भाद्र ११ २०८३०८:३२:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार