काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा एक्कासि आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीले तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत् आयोजनासहित बस्तीमा समेत क्षति पुर्याएको छ ।
उनले बाढी अचानक आएको र धेरै संरचनामा क्षति पुगेको जानकारी दिए । स्थानीय क्षेत्रमा ठूलो वर्षा नभएकाले बाढी तिब्बततर्फबाट आएको हुनसक्ने उनको भनाइ छ ।
बाढीपछि उद्धार तथा क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गरिएको छ । थप क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।