बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको अल्टिमेटम

निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको अल्टिमेटम

मेगा खबर संवाददाता

७, भाद्र २०८३
  • 352
    SHARES

  • निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको अल्टिमेटम

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा निजीस्तरमा सञ्चालित छात्रावास अर्थात् होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको अल्टिमेटम दिएको छ ।

    होस्टेलमा विद्यार्थीमाथि दुर्व्यवहार तथा यातना, तोकिएकोभन्दा बढी शुल्क असुली, कमजोर पूर्वाधार, सरसफाइ तथा खाना–पानीको गुणस्तरमा लापरबाहीजस्ता गुनासो बढेपछि प्रशासनले सुधारका लागि समयसीमा तोकेको हो ।

    प्रशासनका अनुसार अनुगमनका क्रममा केही होस्टेललाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको छ ।

    प्रशासनले जारी गरेको २१ बुँदे सूचनामा होस्टेल अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गर्नुपर्ने, शुल्क तथा दररेट पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने र सञ्चालक तथा विद्यार्थीको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।

    त्यस्तै, होस्टेलभित्र लागुऔषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ । संवेदनशील स्थानबाहेक अन्य क्षेत्रमा सीसीटीभी जडान गरी आन्तरिक सुरक्षा व्यवस्था मजबुत बनाउन पनि भनिएको छ ।

    महिला र पुरुष दुवैका लागि सञ्चालन हुने होस्टेलमा छुट्टाछुट्टै आवास तथा आवश्यक सुरक्षा, शौचालय, बाथरुम र सुत्ने कोठाको व्यवस्था गर्नुपर्ने प्रशासनले जनाएको छ ।

    अध्ययन तथा मनोरञ्जनका लागि पर्याप्त कक्ष, पुस्तकालयलगायतका आधारभूत सुविधा उपलब्ध गराउनसमेत प्रशासनले होस्टेल सञ्चालकलाई निर्देशन दिएको छ ।

    null

    null

    आइतवार, भाद्र ७ २०८३०३:५८:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार