बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वर्षाका कारण विभिन्न सडक अवरुद्ध, केही सडकमा राति सवारी चलाउन रोक

वर्षाका कारण विभिन्न सडक अवरुद्ध, केही सडकमा राति सवारी चलाउन रोक

मेगा खबर संवाददाता

६, भाद्र २०८३
  • 313
    SHARES

  • वर्षाका कारण विभिन्न सडक अवरुद्ध, केही सडकमा राति सवारी चलाउन रोक

    काठमाडौँ, लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयका अनुसार काभ्रे, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका सडक प्रभावित भएका छन् ।

    काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ ।

    नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ ।

    यसैगरी, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी र पासाङल्हामु सडक, रुकुम पश्चिमको भेरी करिडोर, लमजुङको बेँसीसहर–मनाङ सडक, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग तथा पाल्पाको सिद्धार्थ राजमार्ग पहिरो र कटानका कारण अवरुद्ध भएका छन् ।

    प्रहरीले सडकमा बाढी, पहिरो तथा भूक्षयको जोखिम कायम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

     
     
     

    शनिवार, भाद्र ६ २०८३०७:३९:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार