काठमाडौं, सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
मन्त्रिपरिषद्को निर्णय अनुसार प्रारम्भिक बालविकास सहजकर्ता,विद्यालय कर्मचारी र विद्यालय सहयोगीले अब संघीय सरकारबाट प्राप्त गर्दै आएको पारिश्रमिकमा थप ५ हजार रुपैयाँ पाउनेछन् ।
सरकारले विद्यालय तहमा कार्यरत सहयोगी जनशक्तिको आर्थिक अवस्था सुधार गर्न पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।