बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विद्युत् कर हटाउन र डेडिकेटेड–ट्रंक लाइनको बक्यौता उठाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

विद्युत् कर हटाउन र डेडिकेटेड–ट्रंक लाइनको बक्यौता उठाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

मेगा खबर संवाददाता

१, भाद्र २०८३
  • 508
    SHARES

  • विद्युत् कर हटाउन र डेडिकेटेड–ट्रंक लाइनको बक्यौता उठाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    काठमाडौँ, विद्युत्मा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम असुल गर्न दबाब दिने उद्देश्यले ‘उज्यालो नेपाल पार्टी’ले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।

    पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भदौ १ गतेदेखि २४ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो । ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नारासहित सुरु हुने अभियानको औपचारिक उद्घाटन भदौ १ गते बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलाबाट गरिने पार्टीले जनाएको छ ।

    अभियानको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले गर्ने कार्यक्रम तय भएको छ ।

    उज्यालो नेपाल पार्टीको भ्रातृ संगठन ‘युवा तथा खेलकुद महासंघ’को संयोजनमा सञ्चालन हुने अभियानमार्फत सरकारले विद्युत् महसुलबापत उठाउनुपर्ने अर्बौँ रुपैयाँको बक्यौता असुल गर्नुपर्ने र सर्वसाधारणलाई भार पर्ने गरी लगाइएको विद्युत् कर हटाउनुपर्ने माग अघि सारिनेछ ।

    पछिल्लो समय डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवाद चर्चामा रहेका बेला उज्यालो नेपालले थालेको अभियानलाई राजनीतिक दबाबका रूपमा हेरिएको छ । अभियान अवधिमा संकलन गरिएका हस्ताक्षर सरकारलाई बुझाएर माग पूरा गर्न दबाब दिने पार्टीको योजना छ ।

    सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएको उज्यालो नेपाल पार्टीले अभियानमार्फत विद्युत्सम्बन्धी आफ्ना मागमा आम नागरिकको समर्थन जुटाउने लक्ष्य लिएको जनाएको छ ।

    सोमवार, भाद्र १ २०८३१०:५५:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार