बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नदीमा पानीको बहाव बढ्ने, साना खोलामा आकस्मिक बाढीको जोखिम

नदीमा पानीको बहाव बढ्ने, साना खोलामा आकस्मिक बाढीको जोखिम

मेगा खबर संवाददाता

२९, श्रावण २०८३
  • 205
    SHARES

  • नदीमा पानीको बहाव बढ्ने, साना खोलामा आकस्मिक बाढीको जोखिम

    काठमाडौं, देशभरका प्रमुख नदीमा पानीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिनमा नदीको सतह बढ्ने पूर्वानुमान गरिएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा हाल बाढीको अवस्था सामान्य छ । यी नदीका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीमा पनि पानीको बहाव सतर्कता तहभन्दा तल छ ।

    महाशाखाका अनुसार आज विशेषगरी नारायणी, कर्णाली र महाकाली बेसिनका नदीमा पानीको बहाव बढ्नेछ। नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पानीको सतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ। कर्णाली, भेरी, पश्चिम सेती र महाकाली नदीमा पनि बहाव बढ्नेछ ।

    कोशी बेसिनका सप्तकोशी, तमोर, अरुण, सुनकोशी र दूधकोशीमा भने आज पानीको सतह सामान्य रूपमा बढ्ने महाशाखाले जनाएको छ। भोलि र पर्सि देशभरका प्रमुख नदीमा पानीको बहाव थप उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ ।

    ठूला नदीको तुलनामा आज साना नदी तथा खोलामा बाढीको जोखिम बढी रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवनका खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

    यस्तै ताप्लेजुङदेखि कञ्चनपुरसम्मका पहाडी तथा तराईका विभिन्न जिल्लामा साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

    साना नदी तथा खोलामा बाढीको जोखिम आगामी दुई दिनसम्म कायम रहनेछ । विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा भोलि र पर्सि बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा खहरे खोला आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

    772685810_122229810326355476_5709921352829989837_n

    शुक्रवार, श्रावण २९ २०८३११:२९:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार