बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गृहमा १२९ कर्मचारी थपिए, सहसचिवको दरबन्दी भने ९ जनाले घट्यो

गृहमा १२९ कर्मचारी थपिए, सहसचिवको दरबन्दी भने ९ जनाले घट्यो

मेगा खबर संवाददाता

२७, श्रावण २०८३
  • 559
    SHARES

  • गृहमा १२९ कर्मचारी थपिए, सहसचिवको दरबन्दी भने ९ जनाले घट्यो

    काठमाडौँ, गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम),२०८३ मार्फत मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कर्मचारीको दरबन्दी मिलान गरेको छ ।

    नयाँ सर्वेक्षण अनुसार गृह मन्त्रालय अन्तर्गतको कुल दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्‍याइएको छ । यससँगै मन्त्रालय अन्तर्गत कुल १२९ कर्मचारीको दरबन्दी थप भएको छ ।

    तर,निजामती सेवाको प्रथम श्रेणी अर्थात् सहसचिवको दरबन्दी भने घटाइएको छ । साबिकमा ७५ जना सहसचिवको दरबन्दी रहेकोमा ९ जना घटाएर ६६ कायम गरिएको छ । सचिवको एक दरबन्दी भने यथावत् राखिएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार नयाँ ओएण्डएम प्रतिवेदन स्वीकृत भइसकेको छ ।

    उपसचिवको दरबन्दी भने ६ जनाले बढाइएको छ । साबिकमा १५५ जना उपसचिवको दरबन्दी रहेकोमा अब १६१ पुगेको छ।

    त्यस्तै शाखा अधिकृतको ५३, नायब सुब्बाको ५१ र खरिदारको ३ दरबन्दी थप गरिएको छ । शाखा अधिकृतको दरबन्दी ५९१ बाट ६४४, नायब सुब्बाको १ हजार ३७० बाट १ हजार ४२१ र खरिदारको ७१४ बाट ७१७ पुर्‍याइएको छ ।

    स्वास्थ्य सेवातर्फ एकमुष्ट ८ र श्रेणीविहीन कर्मचारीतर्फ १७ दरबन्दी थप गरिएको छ । स्वास्थ्य सेवामा १३८ बाट १४६ तथा श्रेणीविहीन कर्मचारीको दरबन्दी १ हजार ४३८ बाट १ हजार ४५५ पुगेको छ ।

    मन्त्रालयका अनुसार नयाँ दरबन्दीसम्बन्धी निर्णय तत्काल कार्यान्वयनमा भने आइसकेको छैन। प्रशासन महाशाखाका अनुसार यो व्यवस्था छिट्टै कार्यान्वयनको चरणमा जानेछ ।

    WhatsApp Image 2026-08-12 at 15.11.12

    बुधवार, श्रावण २७ २०८३०४:५७:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार