बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

समान कामको समान ज्याला माग्दै सीटीईभीटीका २,२०० कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ

समान कामको समान ज्याला माग्दै सीटीईभीटीका २,२०० कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ

मेगा खबर संवाददाता

२५, श्रावण २०८३
  • 913
    SHARES

  • समान कामको समान ज्याला माग्दै सीटीईभीटीका २,२०० कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ

    भक्तपुर, समान कामका लागि समान ज्यालालगायतका माग राख्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका करार तथा ज्यालादारी कर्मचारीले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

    देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २ हजार २०० कर्मचारीले सोमबारदेखि सानोठिमीस्थित सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

    कर्मचारीहरूले साउन १४ गतेदेखि विभिन्न चरणमा आन्दोलनका कार्यक्रम गर्दै आए पनि व्यवस्थापनले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै पूर्वघोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यालय घेराउ गर्नुपरेको बताएका छन् ।

    उनीहरूले समान प्रकृतिको काम गर्ने कर्मचारीबीच पारिश्रमिक तथा सेवा–सुविधामा विभेद गरिएको भन्दै समान कामका लागि समान ज्याला लागू गर्न माग गरेका छन् । कर्मचारीका प्रमुख मागमा स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वलगायत छन् ।

    लामो समयदेखि परिषद् मातहतका विभिन्न शिक्षालयमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीले आफूहरूले स्थायी प्रकृतिका कर्मचारीसरह काम गर्दै आए पनि सेवा–सुविधा र पारिश्रमिकमा विभेद भोग्नुपरेको गुनासो गरेका छन् । उनीहरूले आफूहरूको श्रम र योगदानको उचित मूल्यांकन गर्दै न्यायोचित सेवा–सुविधाको व्यवस्था गर्न माग गरेका छन् ।

    सोमवार, श्रावण २५ २०८३१२:४४:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार