बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तातोपानीमा ३०० मिटर अग्लो डाँडाबाट खस्यो पहिरो, बीओपीका संरचना क्षतिग्रस्त

तातोपानीमा ३०० मिटर अग्लो डाँडाबाट खस्यो पहिरो, बीओपीका संरचना क्षतिग्रस्त

मेगा खबर संवाददाता

२२, श्रावण २०८३
  • 2.0K
    SHARES

  • तातोपानीमा ३०० मिटर अग्लो डाँडाबाट खस्यो पहिरो, बीओपीका संरचना क्षतिग्रस्त

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा मध्यराति सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा क्षति पुगेको छ ।

    गएराति करिब सवा १ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट अचानक सुख्खा पहिरो खसेको हो ।

    पहिरोसँगै खसेका ठूला ढुङ्गाहरू एकआपसमा ठोक्किएर उछिट्टिँदा बीओपीका ब्यारेक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको सशस्त्र प्रहरी बल तातोपानी बीओपीले जनाएको छ ।

    घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तर, पहिरो र ढुङ्गाका कारण बीओपीका विभिन्न संरचनामा उल्लेख्य क्षति पुगेको छ ।

    प्राप्त विवरण अनुसार पहिलो लाइनको ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ । दोस्रो लाइनको ब्यारेकको भित्तामा प्वाल परेको छ भने जस्ताको छानामा समेत ६ वटा प्वाल परेका छन् ।

    त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ ।

    पहिरोका कारण राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा नष्ट भएको छ । जिन्सी स्टोर भवनमा तीनवटा प्वाल परेका छन् भने वरिष्ठ अधिकृतको बाथरुमको भित्तामा समेत ढुङ्गाले प्वाल पारेको छ ।

    ढुङ्गा लागेर एउटा हिमाली ज्याकेटमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । मुख्य गेट अगाडिको सिँढीमा पनि पहिरोले क्षति पुर्‍याएको छ ।

    मानवीय क्षति नभए पनि मध्यरातमा अचानक खसेको पहिरोले सीमावर्ती क्षेत्रमा रहेको सुरक्षा संरचनाको जोखिमलाई पुनः सतहमा ल्याएको छ । घटनापछि क्षतिको थप विवरण संकलन तथा अवस्थाको निरीक्षण भइरहेको छ ।

    शुक्रवार, श्रावण २२ २०८३१२:५१:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार