बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतमा वर्षा र विपद्को कहर: चट्याङ, बाढी र पहिरोमा दर्जनौँको ज्यान गयो

भारतमा वर्षा र विपद्को कहर: चट्याङ, बाढी र पहिरोमा दर्जनौँको ज्यान गयो

मेगा खबर संवाददाता

२०, श्रावण २०८३
  • 841
    SHARES

  • भारतमा वर्षा र विपद्को कहर: चट्याङ, बाढी र पहिरोमा दर्जनौँको ज्यान गयो

    काठमाडौं, भारतका विभिन्न राज्यमा अविरल वर्षा, बाढी, पहिरो र चट्याङका घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ । झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने केरलमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

    झारखण्डमा गिरिडीहका ९ दुमकाका ३ र लातेहारका २ जनाको चट्याङ लागेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनामा अन्य ८ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ ।

    उता, जम्मु–कश्मीरका शोपियाँ र बान्डीपोरा जिल्लामा आएको आकस्मिक बाढीले बस्ती, खेतीयोग्य जमिन र व्यापारिक क्षेत्र प्रभावित भएका छन् ।

    केरलमा अगस्ट १ यता परेको निरन्तर वर्षाका कारण १८ हजारभन्दा बढी मानिस विस्थापित भई राहत शिविरमा आश्रय लिन बाध्य भएका छन् । चार जना अझै बेपत्ता छन् भने पथनमथिट्टा, कोट्टायम र अलप्पुझा जिल्ला सबैभन्दा बढी प्रभावित बनेका छन्।

    यसैबीच, बाढीमा बगिरहेका ६१ वर्षीय वृद्धलाई बचाउन आफ्नै लाइफ ज्याकेट दिएर उद्धार गरेका पौडी प्रशिक्षक आर.राजेश भने तीव्र बहावमा बगेर मृत्यु भएको छ। उनको साहसिक कार्यको व्यापक प्रशंसा भइरहेको छ ।

    भारतीय मौसम विभागले उत्तराखण्डका देहरादून र बागेश्वर जिल्लामा ‘अरेन्ज अलर्ट’ जारी गर्दै कक्षा १२ सम्मका विद्यालयमा बुधबार बिदा दिएको छ । वर्षा र पहिरोका कारण हिमाचल प्रदेशमा १५३ र उत्तराखण्डमा ९९ गरी २५२ सडक अवरुद्ध भएका छन् । मौसमविद्हरूले आगामी केही दिन पनि वर्षा जारी रहने भन्दै अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    बुधवार, श्रावण २० २०८३०१:१०:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार