चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन बजार नजिक खसेको पहिरो हटाइएपछि सडक पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
मंगलबार बिहान परेको पहिरोका कारण केही समय सडक एकतर्फी मात्र सञ्चालन गरिएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय भरतपुरले आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाएसँगै यातायात सेवा पूर्ण रूपमा सुचारु भएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार बिहान १०ः३५ बजेदेखि उक्त सडकखण्ड दुवैतर्फबाट सञ्चालनमा आएको छ । हाल सबै प्रकारका सवारीसाधन सहज रूपमा आवतजावत गरिरहेका छन् ।
वर्षायाममा निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम कायमै रहेको भन्दै सम्बन्धित निकायले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।