बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका साना नदीमा बाढीको जोखिम

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका साना नदीमा बाढीको जोखिम

मेगा खबर संवाददाता

१८, श्रावण २०८३
  • 718
    SHARES

  • काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका साना नदीमा बाढीको जोखिम

    काठमाडौँ, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाका साना नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ ।

    महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने साना नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ । यी क्षेत्रमा आकस्मिक बाढी आउने उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

    यस्तै, ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुरका साना नदीहरूमा पनि मध्यम जोखिम रहेको छ ।

    त्यसैगरी गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम आसपासका साना नदीहरूमा पनि जलसतह बढेर आकस्मिक बाढी आउन सक्ने मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज बिहानसम्मको मापनमा देशका प्रमुख नदीहरूको बहाव भने सामान्य अवस्थामै रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि हाल बाढीको खतरा देखिएको छैन ।

    762846950_122228773748355476_3445258354288550006_n

    महाशाखाले भोलि भने सातै प्रदेशका केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ। त्यसैले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    763263008_122228773808355476_8895421574484394785_n

    सोमवार, श्रावण १८ २०८३१०:०२:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार