बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गोठाटार आगलागी : काठको गोदामबाट सुरु भएको आगोले १४ पसलमा क्षति, एक घाइते

गोठाटार आगलागी : काठको गोदामबाट सुरु भएको आगोले १४ पसलमा क्षति, एक घाइते

मेगा खबर संवाददाता

१७, श्रावण २०८३
  • 502
    SHARES

  • गोठाटार आगलागी : काठको गोदामबाट सुरु भएको आगोले १४ पसलमा क्षति, एक घाइते

    काठमाडौं, गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भएको आगलागीमा १४ वटा पसलमा क्षति पुगेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राति करिब ९:१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ । करिब दुई घण्टापछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

    आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, मिठाइ पसल, हार्डवेयर पसल, चिया पसल, हिमेश गौतमको फर्निचर पसल, चटपटे तथा किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    आगो नियन्त्रणका लागि जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाको नेतृत्वमा १०० जना, विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको नेतृत्वमा २५ जना तथा नेपाल सशस्त्र प्रहरी बलको सिनामंगल इकाइबाट सहायक प्रहरी निरीक्षक हेराम कुँवरको नेतृत्वमा ५० जना गरी कुल १७५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

    त्यसैगरी ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

    आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारका लागि नगर अस्पताल मुलपानी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर रेफर गरिएको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ ।

    प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    आइतवार, श्रावण १७ २०८३०९:५९:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार