काठमाडौं, विदेश अध्ययन र रोजगारीका लागि जानेको संख्या बढेसँगै राहदानी विभागमा सेवाग्राहीको भीड उल्लेख्य रूपमा बढेको छ । विशेषगरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिन चाहनेको संख्या बढेपछि त्रिपुरेश्वरस्थित विभागमा दैनिक लामो लाइन देखिएको छ ।
विभागले दैनिक करिब १,५०० राहदानी छापिने जनाएको भए पनि सेवाग्राहीको चाप कम हुन सकेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै विद्युतीय राहदानी सेवा बिहीबारदेखि दुई सिफ्टमा सञ्चालन गरिएको छ ।
विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ । साउन २२ गतेसम्म यो व्यवस्था कायम रहनेछ ।
यसका साथै सेवाग्राहीको सुविधाका लागि सार्वजनिक बिदाका दिन शनिबार र आइतबार पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म राहदानी सेवा उपलब्ध गराइने विभागले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।