सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी २६ वर्षीय सुजन पौडेल सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।
परिवारका अनुसार पौडेल २०८३ साल साउन ४ गतेदेखि सम्पर्कविहीन छन् । उनी निलो टी–सर्ट लगाएको अवस्थामा हराएका हुन्। उनको अन्तिम अवस्थाबारे थप जानकारी प्राप्त हुन सकेको छैन ।
उनी नयाँपुल,सिन्धुपाल्चोक क्षेत्रबाट हराएको जनाइएको छ । पौडेललाई कसैले देख्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन अनुरोध गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।