काठमाडौँ, नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । गत साता मात्रै पार्टी सभापति गगन थापाले उनलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने घोषणा गरेका थिए । तर उक्त निर्णय औपचारिक रूपमा कार्यान्वयन हुनुअघि नै श्रेष्ठको मङ्गलबार निधन भएको हो ।
पेटको क्यान्सरको उपचार गराइरहेका श्रेष्ठलाई सभापति थापाले अस्पतालमै पुगेर भेटेका थिए । त्यसक्रममा केन्द्रीय समितिबाट अनुमोदन गराई उनलाई वरिष्ठ नेतामा मनोनयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गत साउन ७ गते आयोजित ४४औँ बीपी स्मृति तथा जरा अभियान समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बोल्दै थापाले भनेका थिए, “गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ । केही समयअघि पार्टीभित्र यस विषयमा छलफल गरेका थियौँ । मैले अस्पतालमै गएर उहाँलाई केन्द्रीय समिति बैठकबाट वरिष्ठ नेतामा मनोनयन गरिने जानकारी दिएको थिएँ ।”
कांग्रेसमा लामो समयसम्म सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठ कार्यवाहक सभापति तथा मन्त्रीसमेत भइसकेका थिए । पार्टीका अनुसार ८३ वर्षीय श्रेष्ठको अन्त्येष्टि बुधबार गरिनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।