मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

मेगा खबर संवाददाता

११, श्रावण २०८३
  • 433
    SHARES

  • साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौँ, साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजा,आराधना र दर्शन गर्ने भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।

    पशुपति क्षेत्र विकास कोषले सबै भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने गरी चारवटा लामको व्यवस्था गरेको जनाएको छ । दर्शनार्थीको सुरक्षाका लागि प्राथमिक उपचार, स्वास्थ्य शिविर तथा सुरक्षा व्यवस्थासमेत मिलाइएको छ।

    पशुपतिनाथसँगै गोकर्णेश्वर,डोलेश्वर,नागेश्वर,मक्खन महादेवलगायत राजधानीका प्रमुख शिव मन्दिर र देशभरका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

     
     
     

    सोमवार, श्रावण ११ २०८३०८:०९:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार