मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

११ प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन अन्तिम चेतावनी

११ प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन अन्तिम चेतावनी

मेगा खबर संवाददाता

११, श्रावण २०८३
  • 220
    SHARES

  • ११ प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन अन्तिम चेतावनी

    काठमाडौँ, नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि ड्युटीमा गैरहाजिर भई सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

    सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सम्बन्धित कर्मचारीलाई निर्देशन दिएको हो। यसअघि खोजतलास तथा कार्यालयमा सूचना टाँस गर्दा पनि उनीहरू सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ उपनियम (१) को खण्ड (च) बमोजिम कसुर कायम गरी नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाइनेछ। प्रधान कार्यालयले यसलाई सम्बन्धित कर्मचारीका लागि सफाइ पेश गर्ने अन्तिम अवसर भएको जनाएको छ।

    सम्पर्कविहीन हुनेमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी दरबन्दीका प्रहरी सहायक निरीक्षक  (प्र।स।नि।) तीर्थबहादुर बुढा र इलाका प्रहरी कार्यालय लेकबेसी, सुर्खेतका प्र.स.नि.दुर्गाराज मल्ल रहेका छन्।

    यस्तै, ओखलढुंगामा प्रमुख जिल्ला अधिकारी निवास गार्डमा कार्यरत प्रहरी जवान नागेश्वर यादव, मधेस प्रदेश प्रहरी तालिम केन्द्रका प्राविधिक प्रहरी जवान सुबोधप्रसाद पटेल, भरतपुर विमानस्थल सुरक्षा गार्डका प्रहरी जवान देवकृष्ण राउत, इलाका प्रहरी कार्यालय चन्द्रावती, तनहुँकी प्रहरी जवान जयन्ती थापामगर, इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी जवान सञ्जय परियार, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी जवान गीता मेदासी, प्रहरी जवान राजकुमार रावत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान ध्रुवराज पाध्या तथा कारागार सुरक्षा गार्ड, लमजुङका प्रहरी कार्यालय सहयोगी सुरेश कुमाल पनि लामो समयदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    2026-07-26-11-49-29-2083-04-11-17

     

    सोमवार, श्रावण ११ २०८३०७:५८:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार