मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

वर्षा, बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा बन्द

वर्षा, बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा बन्द

मेगा खबर संवाददाता

११, श्रावण २०८३
  • 1.2K
    SHARES

  • वर्षा, बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा बन्द

    काठमाडौँ, लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:४० बजेसम्मको विवरण अनुसार धेरै स्थानमा सडक बन्द हुँदा यात्रुहरू समस्यामा परेका छन् ।

    बागमती प्रदेशमा सबैभन्दा बढी असर देखिएको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेशीमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ ।

    मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोशीस्थित चारकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । रसुवाको उत्तरगया–खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक खण्ड अवरुद्ध बनेको छ ।

    दोलखाको लामासाँघु–रामेछाप सडक पूर्ण रूपमा बन्द भए पनि वैकल्पिक मार्गमार्फत सवारी सञ्चालन भइरहेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकको सिमलताल खण्ड भने सञ्चालनमा आएको छ ।

    कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको बोखिम र खोटाङको माम्खा क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

    गण्डकी प्रदेशमा म्याग्दीको बेनी–जोमसोम सडक खण्डको बैसेरी र सुकेबगरमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द छ । बागलुङको कालीगण्डकी करिडोरस्थित बेलबगरमा भने पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन गरिएको छ ।

    लुम्बिनी प्रदेशमा रोल्पाको खोलावाङ क्षेत्रमा पहिरोका कारण घोराही–थवाङ शहीद राजमार्ग बन्द भएको छ। पाल्पाको सिद्धबाबा क्षेत्रमा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ ।

    कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबीसकोट क्षेत्रमा बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड बन्द भएको छ। मुगुको झ्यारी खोलामा पहिरो जाँदा नाग्म–गमगढी सडक पनि अवरुद्ध बनेको छ ।

    अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहेको सम्बन्धित निकायले जनाएको छ । जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा अत्यधिक सावधानी अपनाउन तथा यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न चालक र यात्रुहरूलाई आग्रह गरिएको छ ।

     
    756526471_2115550945708679_5864580659177385566_n

    सोमवार, श्रावण ११ २०८३०७:४४:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार