मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

PAN बन्द गराउने नाममा घुस लिने महानगरका लेखा अधिकृत पक्राउ

PAN बन्द गराउने नाममा घुस लिने महानगरका लेखा अधिकृत पक्राउ

मेगा खबर संवाददाता

८, श्रावण २०८३
  • 886
    SHARES

  • PAN बन्द गराउने नाममा घुस लिने महानगरका लेखा अधिकृत पक्राउ

    काठमाडौं, काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं तह) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार स्थायी लेखा नम्बर (PAN) बन्द गर्न आवश्यक सिफारिस उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनापछि खटिएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

    शुक्रवार, श्रावण ८ २०८३०३:२४:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार