मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोप लागेका अधिकृत २० हजार धरौटीमा रिहा

युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोप लागेका अधिकृत २० हजार धरौटीमा रिहा

मेगा खबर संवाददाता

८, श्रावण २०८३
  • 304
    SHARES

  • युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोप लागेका अधिकृत २० हजार धरौटीमा रिहा

    काठमाडौं, ललितपुरको इमाडोलमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्ट २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    बैतडी घर भएका भट्टलाई ललितपुरका प्रमुख जिल्ला अधिकारीको आदेशमा धरौटीमा रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई असार २२ गते पक्राउ गरिएको थियो ।

    प्रहरी वृत्त सातदोबाटोले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । उक्त कसुर प्रमाणित भएमा ६ महिनासम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

    शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा समन्वय इकाईमा दरबन्दी भई सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत भट्टविरुद्ध पीडित युवतीले असार २१ गते साँझ भएको घटनाको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेपछि घटना बाहिर आएको थियो ।

    युवतीका अनुसार गल्लीमा एक्लै हिँडिरहेका बेला भट्टले कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेका थिए । त्यसपछि उनले आफ्नो स्मार्टफोनबाट भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन् ।

    यद्यपि,अनुसन्धान अधिकृत र सरकारी वकिलसमक्ष दिएको बयानमा भट्टले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएका छन् । अनुसन्धान प्रक्रिया भने जारी रहेको प्रहरीले जनाएको छ ।

    शुक्रवार, श्रावण ८ २०८३०३:११:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार