काठमाडौं, लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ११ सडकखण्डमा आंशिक रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ ।
सडक विभागका अनुसार मनसुनका कारण प्रभावित भएका ३३ सडकखण्डको मर्मत सम्पन्न गरी पुनः सञ्चालनमा ल्याइसकिएको छ । बाँकी अवरुद्ध सडक खुलाउन सम्बन्धित क्षेत्रमा आवश्यक जनशक्ति र भारी उपकरण परिचालन गरिएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक विजय जैशीले डोजर, एक्साभेटर, लोडरलगायत उपकरण प्रयोग गरेर पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको जानकारी दिए । उनका अनुसार यात्रुको आवागमन सहज बनाउन र सडक सञ्चालन यथाशीघ्र पुनःस्थापना गर्न सम्बन्धित निकायहरू निरन्तर खटिएका छन् ।
विभागले वर्षायाममा यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।