काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदर्शन गर्न पुगेका २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले शिक्षा तथा खेलकुद मन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोख्रेलविरुद्ध नाराबाजी गरेका थिए ।
पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा,डम्बरसिङ ऐरी, प्रकाश सन्जेललगायत रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको प्रहरीले जनाएको छ ।
त्रिवि स्ववियु सभापति दीपकराज जोशीका अनुसार विद्यार्थीहरू वार्षिकोत्सव कार्यक्रमस्थलमा प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो । विश्वविद्यालयलाई पर्याप्त बजेट नदिएको विरोध गर्न खोजिएको भए पनि कार्यक्रममा सहभागी हुन नदिइएको भन्दै उनले आपत्ति जनाए ।
प्रदर्शनकारी विद्यार्थीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न,प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था अन्त्य गर्न तथा राजनीतिक हस्तक्षेप रोक्न माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।