मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख ठगी, पूर्व एपीएफ एसएसपीसहित तीन पक्राउ

चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख ठगी, पूर्व एपीएफ एसएसपीसहित तीन पक्राउ

मेगा खबर संवाददाता

६, श्रावण २०८३
  • 346
    SHARES

  • चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख ठगी, पूर्व एपीएफ एसएसपीसहित तीन पक्राउ

    काठमाडौं, अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा सशस्त्र प्रहरी बल (एपीएफ) का पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा उदयपुरका विक्रमबहादुर थापा, नवलपरासी पश्चिमका गोपालकुमार गुरुङ र सर्लाहीका नारदप्रसाद खतिवडा रहेका छन् । गोपालकुमार गुरुङ सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन् भने नारदप्रसाद खतिवडा हास्यव्यंग्य कलाकार हुन् ।

    असार १२ गते अध्यागमन विभागले ललितपुरको सानेपाबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा ९ जना चिनियाँ नागरिक लाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

    अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले ती चिनियाँ नागरिकलाई हिरासतबाट छुटाइदिने भन्दै पीडित पक्षसँग सम्पर्क गरी रकम असुलेको आरोप लागेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरूले सुरुमा ७२ लाख रुपैयाँ लिएमा चिनियाँ नागरिकलाई छुटाइदिने र १५ वटा राहदानीसमेत मिलाइदिने आश्वासन दिएका थिए। पछि मोलमोलाइपछि ९ लाख रुपैयाँ लिएर ठगी गरेको आरोप छ ।

    घटनाबारे थप अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    बुधवार, श्रावण ६ २०८३०२:५२:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार