बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कतिपय पूर्ण रूपमा अवरुद्ध

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कतिपय पूर्ण रूपमा अवरुद्ध

मेगा खबर संवाददाता

४, श्रावण २०८३
  • 412
    SHARES

  • बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कतिपय पूर्ण रूपमा अवरुद्ध

    काठमाडौँ, लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन् । साउन ४ गते बिहान ६:१० बजेसम्मको विवरण अनुसार कोशी र बागमती प्रदेशका धेरै सडक खण्डमा यातायात अवरुद्ध भएको छ भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ ।

    कोशी प्रदेश अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ । इलामको राजदुवालीस्थित मेची राजमार्ग, खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी–६ माम्खास्थित मध्यपहाडी लोकमार्ग तथा उदयपुरको कटारी–११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    बागमती प्रदेशमा पनि बाढी र पहिरोले सडक सञ्जालमा व्यापक असर परेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खस्दा बि.पी. राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सवारीसाधन सञ्चालन रोकिएको छ ।

    यस्तै, मकवानपुरको हेटौँडा–थिङ्गन–बागमती–ललितपुर जोड्ने कान्तिलोकपथमा पनि बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालन स्थगित गरिएको छ ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

    धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिमराङखानीमा पहिरो पन्छाएर पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइए पनि जोवाङ खोलामा पुनः पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुन्डामा पहिरो गए पनि पासाङ ल्हामु राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।

    सम्बन्धित निकायले अवरुद्ध सडकहरू खुलाउने कार्य तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ । अत्यावश्यकबाहेकको यात्रा नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।

    743288802_1459365336015518_8743276289074991387_n

    सोमवार, श्रावण ४ २०८३०८:३७:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार