रसुवा, नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक चीन सरकारको सहयोगमा स्तरोन्नतिको क्रममा रहेको छ ।
गत वर्ष चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढीले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि पुनर्निर्माणसँगै सडकलाई दुई लेनमा विस्तार गर्ने काम अघि बढाइएको हो ।
निर्माण कार्य जारी रहेकाले वर्षायाममा सडकका धेरै स्थान हिलाम्मे बनेका छन् । सडक खन्ने र चौडा पार्ने काम भइरहेकाले मालवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ । विशेषगरी नेपाल–चीनबीच आयात–निर्यात हुने कन्टेनर तथा ठूला ट्रकहरूलाई साँघुरो र हिलोयुक्त सडक पार गर्न समस्या भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।