मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा किनमेल गर्नेको भीड

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा किनमेल गर्नेको भीड

मेगा खबर संवाददाता

१, श्रावण २०८३
  • 265
    SHARES

  • साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा किनमेल गर्नेको भीड

    काठमाडौं, साउन महिना सुरु भएसँगै काठमाडौंको इन्द्रचोक र असन क्षेत्रमा रहेको पोते तथा चुरा बजारमा ग्राहकको चहलपहल बढ्न थालेको छ । विशेषगरी हरियो, पहेँलो र रातो चुरा–पोते खरिद गर्न महिलाहरू बिहानदेखि साँझसम्म बजार पुग्न थालेका छन् ।

    हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको आराधनाको विशेष महिना मानिन्छ। यही धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार विवाहित तथा अविवाहित महिलाहरूले हरियो, रातो र पहेँलो चुरा तथा पोते लगाउने चलन रहेको छ ।

    व्यापारीहरूका अनुसार साउन सुरु भएसँगै पोते, चुरा र हरिया श्रृंगारका सामग्रीको माग उल्लेख्य रूपमा बढेको छ । विशेष गरी सोमबारको व्रत र शिवपूजाका लागि आवश्यक सामग्री खरिद गर्न ग्राहकहरूको भीड बढ्ने गरेको उनीहरू बताउँछन् ।

    धार्मिक विश्वास अनुसार साउनमा हरियो रङले हरियाली, समृद्धि, सुख–शान्ति र दीर्घ सौभाग्यको प्रतीक मानिन्छ। यही विश्वासका कारण प्रत्येक वर्ष साउन लाग्नेबित्तिकै इन्द्रचोक र असन क्षेत्रका पोते तथा चुरा पसलहरू किनमेल गर्नेहरूको प्रमुख आकर्षण बन्ने गरेका छन् ।

    शुक्रवार, श्रावण १ २०८३०४:४८:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार