बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बाढी–पहिरोले कहाँकहाँ छ सडक बन्द ?

बाढी–पहिरोले कहाँकहाँ छ सडक बन्द ?

मेगा खबर संवाददाता

१, श्रावण २०८३
  • 346
    SHARES

  • बाढी–पहिरोले कहाँकहाँ छ सडक बन्द ?

    काठमाडौं, निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबार बिहानसम्म प्रमुख राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन् ।

    नेपाल प्रहरीले आज बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।

    कोशी प्रदेशको भोजपुरमा बाढीका कारण मध्य पहाडी लोकमार्गको बोखिम खण्डमा सडक एकतर्फी मात्र सुचारु छ ।  इलामको राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यी दुवै स्थानमा वैकल्पिक बाटोको व्यवस्था रहेको जानकारी दिइएको छ । बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो जाँदा सडकको अवस्था अस्तव्यस्त छ । 

    कान्ति लोकपथको बकैया-११ मा सडक पूर्ण रूपमा अवरुद्ध छ भने भीमफेदी खण्डमा एकतर्फी मात्र सञ्चालनमा छ । सिन्धुपाल्चोकको भोटेकोशी-४ स्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा ठप्प भएको छ ।

    गण्डकी प्रदेशमा कास्कीको नयाँपुल-घान्द्रुक सडक खण्ड र बागलुङको मध्य पहाडी लोकमार्ग (इनारपानी) मा वर्षा र पहिरोका कारण यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी-ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ । गुल्मी जिल्लाका कालीगण्डकी करिडोर र रुद्रबेणी सडक खण्डका विभिन्न तीन स्थानमा पहिरो खसेका कारण यातायात एकतर्फी मात्र सुचारु छ ।

    शुक्रवार, श्रावण १ २०८३०९:०९:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार