काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाको नगर प्रहरी विभागका लागि आयोजित चारदिने रणनीतिक आत्मरक्षा तथा क्प्र् (कार्डियोपल्मोनरी रिससिटेसन) तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
तालिम समापन समारोहमा नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरू,नगर प्रहरी विभागका पदाधिकारी,नेपाली एट्लान्टिक प्यासिफिक ताङ सु डो महासंघका प्रतिनिधि तथा फिनिक्स मार्शल आर्ट्स एकेडेमीका सदस्यहरूको उपस्थिति रहेको थियो ।
समारोहमा बोल्दै नगर प्रमुख तथा जनप्रतिनिधिहरूले नगर प्रहरीको क्षमता अभिवृद्धिका लागि यस्ता व्यावहारिक तालिम आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रमको प्रशंसा गरेका थिए ।
आयोजकका अनुसार चार दिनसम्म दैनिक करिब ६–८ घण्टा सञ्चालन गरिएको तालिममा नगर प्रहरीहरूले रणनीतिक आत्मरक्षा र CPR सम्बन्धी आधारभूत तथा व्यावहारिक सीप हासिल गरेका छन् । छोटो अवधिमै सहभागीहरूले देखाएको अनुशासन,लगनशीलता र सिकाइप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको प्रशिक्षकहरूले बताएका छन् ।
तालिम सञ्चालन गर्ने संस्थाले रणनीतिक आत्मरक्षा र क्प्र् सम्बन्धी तालिमलाई भविष्यमा पहिलो प्रतिक्रियाकर्ता (First Responders) का लागि अनिवार्य बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । साथै,बुढानिलकण्ठ नगरपालिकामा सञ्चालन गरिएको यो कार्यक्रम नेपालका अन्य स्थानीय तहका लागि पनि अनुकरणीय नमुना बन्न सक्ने विश्वास व्यक्त गरिएको छ ।
नेपाली एट्लान्टिक प्यासिफिक ताङ सु डो महासंघले ताङ सु डो केवल खेलकुद वा प्रतिस्पर्धामा सीमित नभई समुदायको सुरक्षा,आत्मरक्षा तथा राष्ट्रसेवामा केन्द्रित मार्शल आर्ट भएको जनाएको छ। नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई आवश्यक सीप प्रदान गर्ने अभियानमा सहभागी हुन पाएकोमा महासंघले खुसी व्यक्त गरेको छ ।
कार्यक्रममा नगर प्रमुख,जनप्रतिनिधि,नगर प्रहरी विभाग,प्रशिक्षक तथा सम्पूर्ण सहभागीलाई सफल आयोजनाका लागि धन्यवाद तथा बधाई ज्ञापन गरिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।