काठमाडौँ, गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका जुम्ला र डडेलधुरामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी दिएको छ । गृहसचिव राजकुमार श्रेष्ठको निर्णय अनुसार शुक्रबार ४२ जना उपसचिवको सरुवा गरिएको थियो ।
सरुवाका क्रममा ‘प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि,२०८०’ मा रहेको व्यवस्था विपरीत सहसचिव नेतृत्व हुने जिल्लामै उपसचिवलाई सीडीओका रूपमा खटाइएको हो ।
कार्यविधि अनुसार ‘ग’ वर्गमा पर्ने जुम्ला र डडेलधुरा सहसचिव नेतृत्वका जिल्ला हुन् । तर मन्त्रालयले जुम्लामा उपसचिव तेजप्रकाश प्रसाई र डडेलधुरामा उपसचिव मिना अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।