काठमाडौँ, सरकारले कार्यकालको पहिलो सय दिनमा सम्पन्न भएका प्रमुख काम र उपलब्धिहरू सार्वजनिक गरेको छ ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुशासन,प्रशासनिक सुधार र सेवा प्रवाहमा केन्द्रित उपलब्धिहरू प्रस्तुत गरेका हुन् ।
सरकारका अनुसार सय दिनको अवधिमा ६६६ जना बिचौलियामाथि कारबाही गरिएको छ । सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी दर्ता भएको तथा राष्ट्रिय सदाचार नीति–२०८३ जारी गरिएको जानकारी पनि दिइएको छ । यस्तै, १० वटा सहकारीमार्फत दुई करोड ६३ लाख ९० हजार रुपैयाँ बचतकर्तालाई फिर्ता गरिएको सरकारको दाबी छ ।
कृषि तथा स्वास्थ्य क्षेत्रमा आवश्यक मल,औषधि र अत्यावश्यक सामग्रीको खरिद प्रक्रिया सहज बनाउन सार्वजनिक खरिदसम्बन्धी दोस्रो संशोधन विधेयक सङ्घीय संसद्मा दर्ता गरिएको पनि सरकारले जनाएको छ ।
प्रवक्ता पोखरेलले प्रशासनिक संरचनामा सुधार गर्दै सङ्घीय मन्त्रालयको संख्या १८ मा सीमित गरिएको र १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको बताए । यस निर्णयबाट वार्षिक करिब २० अर्ब रुपैयाँ सरकारी खर्च बचत हुने अनुमान गरिएको उनको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।