मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

सत्ता केन्द्रित हुँदा ‘जेनजी आन्दोलन’मा निरीह भयौँ : प्रचण्ड

सत्ता केन्द्रित हुँदा ‘जेनजी आन्दोलन’मा निरीह भयौँ : प्रचण्ड

मेगा खबर संवाददाता

८, श्रावण २०८३
  • 244
    SHARES

  • सत्ता केन्द्रित हुँदा ‘जेनजी आन्दोलन’मा निरीह भयौँ : प्रचण्ड

    काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान जारी भएपछि राजनीतिक दलहरू सत्ता केन्द्रित बन्दा ‘जेनजी आन्दोलन’का क्रममा आफूहरू निरीह बनेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विगतका कमजोरीको गम्भीर समीक्षा गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

    प्रचण्डले जनयुद्ध र जनआन्दोलनका बेला पार्टीले निरन्तर राजनीतिक तथा वैचारिक प्रशिक्षण सञ्चालन गरे पनि संविधान बनेपछि सरकार, सत्ता र पद व्यवस्थापनमै केन्द्रित हुँदा जनस्तरसँगको सम्बन्ध कमजोर भएको बताए ।

    उनले भदौ २३ र २४ गतेका घटनाको सन्दर्भ उल्लेख गर्दै लगातार चुनाव जित्दै आएको पार्टी त्यतिबेला किन कमजोर र निरीह देखियो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे ।

    प्रचण्डले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूले दीर्घकालीन रणनीति बनाइरहेको कुरा समयमै बुझ्न नसकिएको स्वीकार गर्दै त्यसविरुद्ध आवश्यक तयारी र शक्ति सञ्चय गर्न नसकिएको बताए ।

     

    शुक्रवार, श्रावण ८ २०८३०३:५६:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार