मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

तीन दल मिलेर प्रदेश सरकार बनाउने पक्षमा कांग्रेस छैन : गगन थापा

तीन दल मिलेर प्रदेश सरकार बनाउने पक्षमा कांग्रेस छैन : गगन थापा

मेगा खबर संवाददाता

३, श्रावण २०८३
  • 235
    SHARES

  • तीन दल मिलेर प्रदेश सरकार बनाउने पक्षमा कांग्रेस छैन : गगन थापा

    ललितपुर, नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लगायत तीन प्रमुख दल मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाएका छन् । यस्तो अभ्यासले जनताले दिएको जनादेशको भावना विपरीत हुने र प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउने उनको भनाइ छ ।

    ललितपुरमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार’ तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउने प्रस्ताव आएको स्वीकार गरे पनि कांग्रेस त्यसमा सहमत नहुने स्पष्ट पारे ।

    उनले बागमती प्रदेश सरकारको भविष्यबारे उठेका जिज्ञासाको जवाफ दिँदै कांग्रेसले सिद्धान्तमा सम्झौता नगर्ने बताए । सत्ता प्राप्तिका लागि सबै दल एउटै सरकारमा बस्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यास कमजोर हुने र प्रतिपक्षको भूमिका समाप्त हुने उनको तर्क थियो ।

    थापाले विगतमा सत्ता केन्द्रित राजनीतिक अभ्यासकै कारण सरकार बन्ने–भत्किने क्रम बढेको उल्लेख गर्दै कांग्रेसले अब आफ्नो सोच र प्राथमिकता परिवर्तन गर्न खोजेको बताए । उनका अनुसार सरकारमा सहभागी हुनु नै अन्तिम उद्देश्य नभई जनादेश र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्नु कांग्रेसको प्राथमिकता हो ।

    यसैबीच, कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाइसकेको छ भने मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गरेको छ । एमालेसँग विगतमा भएको राजनीतिक समझदारीलाई निरन्तरता नदिने पक्षमा कांग्रेस देखिएकाले कर्णाली प्रदेशको सत्ता समीकरण परिवर्तन हुने चर्चा पनि तीव्र बनेको छ ।

     
     
     
     

    आइतवार, श्रावण ३ २०८३११:५१:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार