मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

१० दिनदेखि ठप्प कोदारी राजमार्ग, स्थानीय आक्रोशित; मन्त्रीद्वयले गरे स्थलगत अनुगमन

१० दिनदेखि ठप्प कोदारी राजमार्ग, स्थानीय आक्रोशित; मन्त्रीद्वयले गरे स्थलगत अनुगमन

मेगा खबर संवाददाता

१०, श्रावण २०८३
  • 934
    SHARES

  • १० दिनदेखि ठप्प कोदारी राजमार्ग, स्थानीय आक्रोशित; मन्त्रीद्वयले गरे स्थलगत अनुगमन

    पहिरोका कारण कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा आवतजावत ठप्प बनेको छ । सडक बन्द रहँदा स्थानीय जनजीवन प्रभावित हुनुका साथै यात्रुहरू समेत सास्ती खेप्न बाध्य भएका छन् ।

    राजमार्गको अवस्था बुझ्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनीहरूले पहिरोबाट भएको क्षति तथा सडक सञ्चालनका लागि भइरहेका प्रयासबारे जानकारी लिएका थिए ।

    यद्यपि,राजमार्ग अवरुद्ध भएको १० दिन बितिसक्दा पनि सडक खुलाउने काम प्रभावकारी रूपमा अघि नबढेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् । उनीहरूले जनजीवन कष्टकर बनेको उल्लेख गर्दै यथाशीघ्र सडक सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

    आइतवार, श्रावण १० २०८३०४:४५:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार