काठमाडौँ, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले सरकारले अघि सारेको ‘ब्लू बस’ सञ्चालनको योजनालाई सकारात्मक पहलको रूपमा स्वागत गरेका छन् । तर,यसका लागि साझा यातायातको स्थापित हरियो पहिचान परिवर्तन गर्नु उपयुक्त नहुने उनको धारणा छ ।
साझा यातायातले विद्युतीय सवारीमार्फत हरित र दिगो सार्वजनिक यातायात प्रवर्द्धन गर्दै आएको उल्लेख गर्दै घिसिङले हरियो रङ वातावरण संरक्षण र हरित विकासप्रतिको प्रतिबद्धताको प्रतीक भएकाले त्यसलाई जोगाइराख्नुपर्ने बताएका छन् ।
उनले महिलाका लागि विशेष वा निःशुल्क बस सञ्चालन गर्नु स्वागतयोग्य भए पनि महिलाको सुरक्षा कुनै एक प्रकारको बसमा मात्र सीमित हुन नहुने बताए । सार्वजनिक यातायातका सबै साधन महिलाले निर्धक्क र सम्मानपूर्वक प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु नै दीर्घकालीन समाधान हुने उनको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।