बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जलबिरे शिवालय

पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जलबिरे शिवालय

मेगा खबर संवाददाता

२०, आषाढ २०८३
  • 1.3K
    SHARES

  • पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक जलबिरे शिवालय

    सिन्धुपाल्चोक, जलबिरे, वि.सं.२०७२ सालको विनाशकारी भूकम्प गएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि सिन्धुपाल्चोकको जलबिरेस्थित ऐतिहासिक शिव मन्दिर (शिवालय) अझै जिर्ण अवस्थामै रहेको छ ।

    धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने यस मन्दिरको पुनर्निर्माण समयमै हुन नसक्दा स्थानीयवासी तथा श्रद्धालुहरू चिन्तित बनेका छन् । वर्षौंदेखि पुनर्निर्माणको पर्खाइमा रहेको यो सम्पदा संरक्षणको अभावमा थप जोखिममा पर्दै गएको स्थानीयहरूको भनाइ छ ।

    स्थानीयवासीहरूले सम्बन्धित निकाय,जनप्रतिनिधि,पुरातत्त्व विभाग तथा सरोकारवाला संस्थाहरूको ध्यानाकर्षण गराउँदै मन्दिरको शीघ्र पुनर्निर्माण र उचित व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेका छन् । उनीहरूको भनाइमा,सबै पक्षको समन्वय, सहयोग र सक्रियताबाट मात्र यस ऐतिहासिक सम्पदाको संरक्षण सम्भव हुनेछ ।

    जलबिरे शिवालय केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय इतिहास,संस्कृति र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण आजको आवश्यकता भएको स्थानीयहरूको जोड छ । सम्पदाको संरक्षणका लागि सबैले आवाज उठाई पुनर्निर्माण अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

    शनिवार, आषाढ २० २०८३११:०४:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार