बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी

सरकारले सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी

मेगा खबर संवाददाता

१९, आषाढ २०८३
  • 418
    SHARES

  • सरकारले सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी

    काठमाडाै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा हुने अवसरमा शनिबार सय दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको छ ।

    सरकारले यस अवधिमा उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन,१,५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज,मन्त्रालयको संख्या घटाउने प्रयास,सरकारी सेवामा सुधार,कर्मचारी सरुवामा अनलाइन प्रणालीको सुरुवात, भ्रष्टाचार तथा वित्तीय अपराधविरुद्ध आक्रामक छानबिन, कानुन संशोधनको गृहकार्य तथा सहकारी समस्या समाधानका पहलजस्ता कामलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गर्ने तयारी गरेको छ ।

    यद्यपि सरकारले विकल्पबिनै सुकुम्बासी हटाएको, उद्यमी–व्यवसायीलाई दुःख दिएको, विपक्षीमाथि प्रतिशोध साँधेको, शिक्षा क्षेत्रमा कर बढाएको,महँगी नियन्त्रण गर्न नसकेको तथा श्रमजीवी वर्गका लागि प्रभावकारी योजना ल्याउन नसकेको भन्दै आलोचना पनि भइरहेको छ ।

    शुक्रवार, आषाढ १९ २०८३१२:३८:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार