काठमाडौं, फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी देशले फुटबल खेल्ने तथ्यले पनि यो खेलको पपुलारिटी कति छ भन्ने पुष्टि गर्छ ।
फुटबलको लोकप्रियता विश्वभर नै फैलिएको छ । त्यस्तो खेलको विश्वकप हुँदा झन् चर्चा नहुने कुरै भएन । अहिले सबैतिर चर्चा फिफा विश्वकप २०२६ कै छ । त्यही खेलको सबैभन्दा ठूलो विश्वकप आज रातिदेखि उत्तर अमेरिकामा शुरु हुँदैछ । मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे शुरु हुनेछ ।
विश्व फुटबलकै सबैभन्दा ठूलो मेला,अझ भनौं विश्व खेलकुदकै ठूलो प्रतियोगिता र धेरैले फलो गर्ने हेर्ने फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता र विश्वभरका अर्बौँ समर्थहरुको भावनासँग जोडिएको फिफा विश्वकपको २३औं संस्करण हो । सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा आतिथ्यता गरेपछि फिफा विश्वकप २०२६ को औपचारिक सुरुआत हुनेछ ।
विश्वभरका हजारौं खेलाडी अहिले विश्वकपका लागि अमेरिका,मेक्सिको र क्यानडामा जम्मा भइरहेका छन् । त्यसका लागि लाखौं दर्शक प्रत्यक्ष रुपमा खेल हेर्न तयार छन् भने करोडौं दर्शक विभिन्न माध्यमबाट प्रत्यक्ष फुटबलको मज्जा लिनका लागि तयार छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।