बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग ( सुची)

बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग ( सुची)

  • 580
    SHARES

  • बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग ( सुची)

    काठमाडौँ,  आज बिहान साढे ६ बजेसम्मको विवरण अनुसार काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् ।

    काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो खसेका कारण सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्य गर्नुपर्ने भएकाले यो सडक एक महिनाका लागि बन्द गरिएको छ । बागमती प्रदेशको मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा सडक मर्मत जारी रहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ ।

    काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कोशी प्रदेशमा मध्य पहाडी लोकमार्गका दुई ठाउँमा अवरोध देखिएको छ । पाँचथरको याङवरक–२ दोभानमा बाढीका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

    भोजपुरको भोजपुर–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक बाटोमार्फत यातायात एकतर्फी रूपमा सुचारु गरिएको छ ।

    मंगलवार, जेठ २६ २०८३०८:४६:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार