भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ ।
भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो । उद्धार गरिएकाहरूलाई भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरहवा ल्याइएको प्रहरीले जनाएको छ । रूपन्देहीका प्रहरी प्रमुख (एसपी) जनकबहादुर शाहीका अनुसार भारतीय राजदूतावासको समन्वय तथा एसएसपी प्रकाश मल्लको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीले उनीहरूको उद्धार गरेको हो ।
उद्धार गरिएका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ । आठवटा भारतीय बसमा राखेर नेपाल ल्याइएका उनीहरूको विवरण सङ्कलन तथा स्क्रिनिङ प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएकामध्ये करिब आधा सङ्ख्या महिलाको रहेको एसपी शाहीले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।