सिन्धुपाल्चोक, श्री भद्रकाली माध्यमिक विद्यालयमा २०७३ सालमा सी उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा टुहुरा बालबालिकालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेका छन् ।
पूर्व विद्यार्थीहरूको सहयोगमा कक्षा १ देखि ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई झोला,कापी तथा डटपेन वितरण गरिएको छ । त्यसैगरी कक्षा १ देखि १० सम्मका टुहुरा बालबालिकालाई कपडा,झोला तथा स्टेशनरी सामग्री उपलब्ध गराइएको जनाइएको छ ।
सी परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रालाई विद्यालय पोसाक तथा नगद पुरस्कार प्रदान गरिएको छ । साथै विद्यालयलाई कुर्सी,टेबल,फ्यान,ड्रम सेट,लेमिनेसन मेसिन लगायत विभिन्न कार्यालयीय तथा शैक्षिक सामग्री समेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले पूर्व विद्यार्थीहरूको सहयोगी भावनाको प्रशंसा गर्दै आर्थिक अवस्था मात्र नभई विद्यालयप्रतिको माया, जिम्मेवारी र सहयोग गर्ने मन महत्वपूर्ण हुने बताएका थिए । आफूले अध्ययन गरेको विद्यालयलाई सम्झेर गरिएको सहयोग प्रशंसनीय र अन्यका लागि प्रेरणादायी रहेको सहभागीहरूको भनाइ थियो ।
विद्यालयमा पूर्व विद्यार्थीहरूले गरेको योगदानको कदरस्वरूप प्रध्यानद्यापक गणेश दत्त पाैड्यालाई सम्मान समेत गरिएको थियो । आफूलाई गरिएको सम्मानबाट गौरवान्वित र हर्षित भएको प्रध्यानद्यापक पाैड्यालले प्रतिक्रिया दिएका छन् ।
नेपाल तथा विदेशमा रहेका सम्पूर्ण पूर्व विद्यार्थीहरूको योगदानप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय समुदायले आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने अपेक्षा गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।