काठमाडौँ, सशस्त्र प्रहरी बलको लेखा समूहतर्फका दुईजना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बुधवार बढुवा समितिले ज्येष्ठता कायम हुने गरी बढुवा सिफारिस सुची प्रकाशन गरेको हो । एसपीमा बढुवा सिफारिस हुनेमा राजकुमार ढकाल र गणेश बहादुर मल्ल छन् ।
बढुवा सिफारिस उपर चित्त नबुझेमा उजुरी सुन्ने समिति समक्ष उजुरी गर्न सकिने बढुवा समितिका सदस्य सचिव डीआईजी दीपक अधिकारीले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।