बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कपिलवस्तुमा तीन जना थपिए संक्रमित, संक्रमित संख्या २७६ पुग्यो

कपिलवस्तुमा तीन जना थपिए संक्रमित, संक्रमित संख्या २७६ पुग्यो

  • 2.3K
    SHARES

  • कपिलवस्तुमा तीन जना थपिए संक्रमित, संक्रमित संख्या २७६ पुग्यो

    कोरोनाभाइरसका तीन जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ।

    यी तीनै जना कपिलवस्तु शिवराज चन्द्रौटाका बासिन्दा हुन्। संक्रमितहरू २५ ३४ र ४४ वर्षीय उमेर समूहका पुरूषहरू हुन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि शनिबारै ६ जना संक्रमित थपिएका थिए।

    बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीया युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोनाभाइरस पुष्टि भएको थियो।

     

    शनिवार, जेठ ३ २०७७०७:०७:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार