केन्द्रीय कारागारबाट एक जना महिला कैदी फरार भएकी छन् । शुक्रबार बिहान केन्द्रीय कारागार सुन्धाराबाट एक जना महिला पर्खाल नाघेर भागेको जेलर कृष्ण चापागाईंले बताए ।
फरार भएकी महिला २५ वर्षीया सपना तामाङ हुन् । उनले अपहरण,शरीरबन्धक,कर्तव्यज्यान लगायत कसुरमा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैद सजाय पाएकी छन् । केन्द्रीय कारागारबाट भागेपछि प्रहरीले खोजी थालेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।