बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

मेगा खबर संवाददाता

२३, बैशाख २०८३
  • 802
    SHARES

  • कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

    काठमाडौ, कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा कीर्तिपुर–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन,बैतडीको डिलासैनी गाउँपालिका–३ घर भइ कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी छन् ।

    उनीहरुले गुल्मीको धुर्कोट गाउँपालिका घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ ।

    प्रहरीले उनीहरू साथीसाथी भएको बताएको छ । उनीहरूबीच झगडा हुँदा धारिलो हतियार प्रहार भएको हो । 

    बुधवार, बैशाख २३ २०८३०६:१३:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार