बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह

नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह

मेगा खबर संवाददाता

२०, बैशाख २०८३
  • 901
    SHARES

  • नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह

    काठमाडौँ, सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणका क्रममा छुटेका र समस्यामा परेका नागरिकलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ । 

    मन्त्रालयले शनिबार एक प्रेस नोट जारी गर्दै सहायता आवश्यक भएका र हाल सडकमा अलमलमा परेका नागरिकलाई काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो ।

    वास्तविक भूमिहीन नागरिकको पहिचानका लागि सरकारले डिजिटल लगत संकलनको काम सुरु गरेको छ । यसरी दर्ता भएका नागरिकलाई सरकारले तयार पारेको होल्डिङ सेन्टर मा व्यवस्थित गरिने प्रबन्ध मिलाइएको मन्त्रालयले जनाएको छ । 

    होल्डिङ सेन्टरमा नागरिकका लागि आवास र भोजनको मात्र नभई स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू समेत निःशुल्क उपलब्ध गराइएको छ ।

     

    आइतवार, बैशाख २० २०८३०५:१५:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार