बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज बिहानैदेखि काठमाडौँका यी चार स्थानमा चलिरहेछ डोजर

आज बिहानैदेखि काठमाडौँका यी चार स्थानमा चलिरहेछ डोजर

मेगा खबर संवाददाता

१९, बैशाख २०८३
  • 670
    SHARES

  • आज बिहानैदेखि काठमाडौँका यी चार स्थानमा चलिरहेछ डोजर

    काठमाडौँ,सरकारले दोस्रो चरणमा सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ ।

     सरकारले आज बिहानै देखि सुकुमबासी बस्ती र नदी आसपास क्षेत्रका बस्तीमा बाक्लो रुपमा प्रहरीको उपस्थितिमा डोजर चलाएको छ । शनिबार बिहान सुरुमा स्वयम्भू क्षेत्रबाट डोजर चलाएको थियो । त्यसपछि बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलाईरहेको छ । त्यस्तै,अनामनगर धोवी खोला किनारको बस्तीमा पनि सरकारले डोजर चलाएको छ । 

    शुक्रबार मात्रै सरकारले काठमाडौँका टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको थियो । शुक्रवार बल्खुमा ४०१ (घर, टहरा र छाप्रो), बंशीघाटका १९३ र शंखमुलका  १५० पक्की घरहरू भत्काएको थियो । बस्तीमा डोजर लागेपछि १ हजार ४१४ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरीगाउँ र मनोहरा लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो। सरकारले सुमुमबासी व्यवस्थापनका गर्न भन्दै अहिले बस्तीहरूमा डोजर चलाइरहेको छ । 

    शनिवार, बैशाख १९ २०८३१२:४१:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार