बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माइतीघरमा महेशपत्नी अम्बिका र शोभाबिच भुतलाभुतल

माइतीघरमा महेशपत्नी अम्बिका र शोभाबिच भुतलाभुतल

मेगा खबर संवाददाता

१४, बैशाख २०८३
  • 586
    SHARES

  • माइतीघरमा महेशपत्नी अम्बिका र शोभाबिच भुतलाभुतल

    काठमाडौँ, एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएको छ । माइतीघर मण्डलमा उनीहरूबिच भुतलाभुतल भएको हो । 

    माइतीघरमा दुई महिलाबिच हात हालाहाल र भुतलाभुतल भएको हो । दुई जनाको झगडा छुट्टाएर प्रहरीले अम्बिका र शोभालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याएको छ । शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने भन्दै धर्ना बसिरहेका बेला अम्बिका दलबलसहित माइतीघर पुगेर शोभालाई भुत्ल्याउन थालेको बताइएको छ । 

    परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुवैको झगडा छुट्टाएर अहिले परिसरमा लगिएको र घटनाबारे बुझ्ने काम भइरहेको बताए । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पाठकलाई वीर अस्पताल पठाइएको हो ।

    सोमवार, बैशाख १४ २०८३०३:२२:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार