काठमाडौँको बल्खुस्थित कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुईजना चालक ट्राफिक प्रहरीको फन्दामा परेका छन् ।
यात्रुवाहक हाईस र ईभी माइक्रोबसका चालक पक्राउ पर्नेहरूमा छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय,लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले शनिबार यो कारबाही चलाएको हो । चेकजाँचका क्रममा प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि गरेको थियो ।
संवेदनशील मानिने सार्वजनिक यातायातका चालकहरू नै नसामा लठ्ठिएर सवारी चलाएको भेटिएपछि प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।